काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वसांसद महालक्ष्मी उपाध्याय ‘डिना’लाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
तीन दिन अगाडि शंका लागेर ललितपुरको स्टार अस्पतालमा नमूना परीक्षणका लागि दिएकी थिइन् । अस्पतालले मंगलबार रिपोर्ट पोजेटिभ आएको जनाएपछि होम क्वारेन्टिनमा बसेको उपाध्यायले बताइन् ।
‘मलाई अहिले स्वास्थ्य अवस्था सामान्य छ । पहिला देखिएका लक्षण पनि देखिएको छैन’, उनले भनिन, ‘कोरोनाले कसैलाई पनि सानो वा ठूलो भनेर छाड्दैन । हामी आफै सर्तक रहनुपर्छ । स्वास्थ्यसम्बन्धी सबै सुरक्षा आफै अपनाउन सबैलाई मेरो अपील छ ।’
साउन २५ गते हेटौँडास्थित सहकारीमा रहेका बेला कार्यालय सहायकलाई ज्वरो आएको थियो । सोही कार्यालय सहयोगमार्फत आफूलाई कोरोना संक्रमण सरेको हुन सक्ने उनले बताइन् ।
कार्यालय सहयोगीलाई स्वास्थ्यमा समस्या देखिएपछि उपाध्यायले नै नमूना परीक्षणका लागि आग्रह गरेकी थिइन् । ती कार्यालय सहयोगीलाई कोरोना देखिएपछि सम्पर्कमा रहेका सबै होमक्वारेन्टिनमा बसेको उनले बताइन् ।
हल्का ज्वरो देखिएपछि नेतृ उपाध्यायले नमूना परीक्षणका लागि दिएकी थिइन् । उनले काठमाडौंस्थित घरमा नै क्वारेन्टिनमा बसेर उपचार गराइरहेकी छिन् ।
नेतृ उपाध्यायको स्वास्थ्य अवस्था सामान्य रहेको नेविसंघकी महामन्त्री उर्मिला थपलियाले जानकारी दिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।