सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंलगायत यी क्षेत्रमा आजराति भयानक वर्षा, सचेत रहन आग्रह

काठमाडौंलगायत यी क्षेत्रमा आजराति भयानक वर्षा, सचेत रहन आग्रह

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 6.6K
    SHARES

  • काठमाडौंलगायत यी क्षेत्रमा आजराति भयानक वर्षा, सचेत रहन आग्रह

    काठमाडौं- अहिले मुख्यतः वाग्मती प्रदेशको केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा भइरहेको छ। नुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलका कारण यस क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गंगा नगरकोटीले बताइन्।

    उनका अनुसार अहिले वाग्मती प्रदेशको उपत्यका तथा नुवाकोट, धादिङ, मकवानपुरमा मेघ गर्जनसहित वर्षा भइरहेको छ भने त्यसभन्दा पश्चिमका भूभागमा हल्का वर्षा भइरहेको नगरकोटीले बताइन्। साँझ पछि केही कम हुने र राति फेरि अर्को बादल विकसित भई मनसुनी वर्षा गराउनेसमेत उनले बताइन्।

    कहिलेकाहीँ मुलुकको कुनै भागमा मेघ गर्जनसहित चट्याङ गराउने बादल विकसित हुने गर्छ । यसअघि पहिले नै जमिन गलिसकेकाले बाढी पहिरोको जोखिम हुने भन्दै सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्। यसपटक मनसुन सक्रिय भएपछि पहिरोका ठूला घटना भएको छ।

    हाल मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ। विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका एक दुई स्थानमा वर्षा भएको छ।

    देशका केही स्थारुमा मेघगर्जन र चट्याङहित हल्कादेखि मध्यम वर्षाको हुने र उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७०५:११:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend