काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृतकमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँकेका १र१ जना रहेका छन् ।
मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले बताए ।
यसैगरी काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय संक्रमित वृद्धको पनि मंगलबार नै मृत्यु भएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । ज्वरो तथा श्वासप्रश्वासको समस्या भएर २२ गते भर्ना भएका थिए । ती पुरुषमा सुगर र मिर्गौला रोगी थिए ।
यस्तै कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ निवासी ५० वर्षीय महिलाको आईसीयूमा उपचारको क्रममा गएराति राति मृत्यु भएको छ । मृतक महिलामा सुगर, मुटुको समस्या थियो ।
यसैबीच बाँकेको नेपालगन्जमा कोरोना संक्रमणकै कारण ६२ वर्षीय पुरुषको समेत मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।