फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले रुसले बनाएको खोप सकारात्मक देखिए आफुले लगाउने बताएका छन् ।

रोड्रिगो डुटेर्ते
रुसले केही दिनअघि मान्यता दिएको कोरोनाविरुद्धको खोपमा विश्व स्वास्थ्य संगठन र अन्य विज्ञहरुले सुरक्षाको समस्याको आशंका गरिरहेका बेला फिलिपिन्स र मेक्सिकोका राष्ट्रपतिले आफुले भने रुसको खोप लगाउने बताएका छन् ।

मेक्सिकोका राष्ट्रपति आन्द्रे म्यानुअल लोपेज
मेक्सिकोका राष्ट्रपति आन्द्रे म्यानुअल लोपेज ओब्रादोरले रुसको कोरोनाविरुद्धको खोप प्रभावकारी सावित भए आफूले पनि त्यसको प्रयोग गर्ने बताएका हुन् ।
तेस्रो तथा अन्तिम परीक्षण नगरेका कारण रुसको खोप प्रभावकारी छ या छैन भन्नेमा विश्वभरका विज्ञहरुले आशंका व्यक्त गरेका छन्।
यस खोपले विश्व स्वास्थ्य संगठन डब्लूएचओको मान्यता पनि पाएको छैन। यद्यपी रुसले ‘स्पुतनिक भी’ नाम खोपलाई आफ्नो देशमा प्रयोगको लागि स्वीकृति दिइसकेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।