काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाभाइरस संक्रमणबाट निधन भएका कांग्रेस नवलपरासी पश्चिमका जिल्ला उपसभापति सुवासचन्द्र गिरीप्रति हृदयले श्रद्धाञ्जली दिएका छन् ।
एक साता अघि कोरोना पोजेटिभ देखिएका उनको मंगलबार निधन भएको हो । उनको निधनमा भावुव ट्वीट गर्दै प्रवक्ता शर्माले शवमाथि फूल चढाएर श्रद्धाञ्जली दिन नपाएको, तर हृदयले दिएको उल्लेख गरेका छन् ।
सामूहिक तस्बिर पोष्ट गर्दै प्रवक्ता शर्माले लेखेका छन्, ‘माफ गर मित्र, तिम्रो लासमा फुलसम्म चढाउन पाइएन,हृदयले श्रद्धाञ्जली । माफ गर मित्र,तिम्रो लासमा फुलसम्म चढाउन पाइएन,हृदयले श्रद्धाञ्जली !
गत असार २९ मा पश्चिम् नवलपरासीको विवाद समाधानपछि पार्टी केन्द्रीय कार्यालयमा लिइएको तस्वीर । त्यही दिनको बैठकबाट जिल्ला उपसभापति बनाइएका युवा सुवास गिरि (अगाडि हात बाँधेर उभिएका) को आज कोरोनाका कारण निधन भएको छ ।
गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो ।
त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहेका उनी कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।