काठमाडौं–सरकारले प्रेस काउन्सिलको कार्यबहाक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाएको छ। श्रेष्ठलाई हटाएर कार्यवाहक अध्यक्षको जिम्मेवारी दुर्गा भण्डारीलाई दिइएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। श्रेष्ठको काउन्सिल सदस्य पद भने यथावत् छ।सरकारले भण्डारीलाई केही दिनअघि मात्र काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो।
प्रेस काउन्सिल ऐन–२०४८ को ६ (१) क अनुसार सरकारले गठन गर्ने काउन्सिलमा ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिमध्येबाट नेपाल सरकारबाट मनोनित व्यक्ति अध्यक्ष हुने’ व्यवस्था छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।