सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

 सय दिनमा एक हजार भेन्टिलेटर : काँग्रेस सांसद दिब्यमणीले गरे १ लाख सहयोग

 सय दिनमा एक हजार भेन्टिलेटर : काँग्रेस सांसद दिब्यमणीले गरे १ लाख सहयोग

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७

  • 4.2K
    SHARES

  •  सय दिनमा एक हजार भेन्टिलेटर : काँग्रेस सांसद दिब्यमणीले गरे १ लाख सहयोग

    काठमाडौं- नेपाली कांग्रेसका  प्रतिनिधिसभाका सांसद दिब्यमणी राजभण्डारीले  नेपाल भेन्टिलेटर सर्भिसले संचालन गरेको सय दिनमा एक हजार भेन्टिलेटर अभियानमा  एक लाख रुपयाँ सहयोग गरका छन् ।

     संक्रमितले उपचार नपाउने दुखद अवस्था रहेको भन्दै उनले  पार्टीको तर्फबाट भन्दै उक्त रकम सहयोग प्रदान गरेका हुन् ।

    ‘कोरोना महामारी बढ्दै जाँदा संक्रमितहरुले उपचार नपाउने अवस्था आउनु दुखद हो ।

    संक्रमणको कारण गम्भीर बिरामी परेका व्यक्तिहरुलाई कृत्रिम स्वासप्रश्वासको आवश्यक्ता पुरा गर्न यो अभियान सहयोगी हुने बिश्वास लिएको छु’ सहयोग रकम हस्तान्तरण गर्दै सांसद राजभण्डारीले भने, ुअस्पतालहरुमा आवश्यक्ता भन्दा अति नै कम भेन्टिलेटर भएको कारण गम्भीर बिरामीले समेत प्रयोग गर्न अभाव देखिएको छ ।‘


    ुअहिलेको विषम परिस्थितिमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले भेन्टिलेटर बैंकलाई सहयोग गरेको हुँ’ सांसद राजभण्डारीले भने, ‘यस्तो अवस्थामा यो अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दछु । साथै सम्पूर्ण बिवेकशील नेपाली नागरिकहरुलाई यो अभियानलाई सहयोग गर्न अपिल समेत गर्दछु ।’ 


    कोरोना प्रभाव बढ्दै जाँदा सांसद राजभण्डारीले संसद तथा संसदको समितिमा पटक पटक ध्यानाकर्षण गराउँदै आएका थिए । राजभण्डारीले स्थानियस्तरमा पनि कोरोना प्रभावितहरुको लागि सहयोग गरेका थिए । सांसद राजभण्डारीले निम्न तथा मध्यमवर्गीय व्यवसायीहरुका लागि आफ्नो विजिनेस कम्प्लेक्सको भाडामा पनि छुट समेत दिएका थिए ।


    सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएका सांसद राजभण्डारीले ‘सय दिनमा एक हजार भेन्टिलेटर अभियान’मा हौसला दिंदै जोडिएकोमा हौसला मिलेको नेपाल भेन्टिलेटर सर्भिसेजका संस्थापक डा। विशाल ढकालले बताए ।

    विभिन्न संघ, संस्था तथा व्यक्तिहरु समेत अभियानमा जोडिने क्रम सुरु भएकोले समयभित्रै उद्येश्यमा पुग्ने विश्वास लिएको डा। ढकालले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend