जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना भएका छन्। उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको प्रधानमन्त्री कार्यालयका अधिकारीलो जानकारी दिएका छन्।
पूर्वअर्थमन्त्री अकिरा अमारीले एउटा टीभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट उनी अस्पताल गएका हुन्।
क्योदो समाचार संस्थाले उनी राजधानी टोकियोस्थित केईओ विश्वविद्यालय अस्पतालमा भर्ना भएको जनाएको छ।
प्रधानमन्त्री आवेलाई तत्काल ख्याल नगरे पछि अरु ठूला समस्या आउन सक्ने उनले चेतावनी दिएका थिए।
तर प्रधानमन्त्री आवेकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीले उनले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन्।
‘उनले राम्रो काम गरिरहेका छन्, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,’ सरकारको मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिड सुगाले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।