जनकपुरधाम- कोरोना भाइरसको जोखिम बढ्दै गएपछि महोत्तरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।
सोमबार राति १२ बजेदेखि आगामी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
यसअघि सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास नगरपालिका र महोत्तरी गाउँपालिकामा निषेधाज्ञा लगाइएको थियो ।
पछिल्लो समय कोरोना संक्रमणको थप जोखिम बढ्दै गएका कारण जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।
प्रदेश २ को महोत्तरीसहित आठ वटै जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।