काठमाडौं- कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आग्रहमा विदेशको सबै उडान स्थगित गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान स्थगित गरेको हो।
सीसीएमसीले अब विदेशबाट फर्किने श्रमिक एक सातासम्म काठमाडौंका होटलमा बस्नुपर्ने भन्दै साउन २९ गते पत्राचार गरेको थियो।
तर उक्त निर्णयअनुसार होटल व्यवस्थित भइनसकेको भन्दै उडान स्थगित गर्न सोमबार पत्र पठाएको हो।
कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले जनाएको छ।
होटल क्वारेन्टिन सुनिश्चितता भएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन पत्रमा अनुरोध गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।