काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौं उपत्यकामा मात्रै १ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएअनुसार सोमबार देशभरबाट १ सय ६० संक्रमित डिस्चार्ज भएका छन्।
काठमाडौं जिल्लामा सोमबार १ सय ६८, ललितपुरमा १५ र भक्तपुरमा १४ जना संक्रमित भेटिएका हुन्। देशभर ९ हजार ६ सय ३९ सक्रिय संक्रमित रहेका उनले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।