सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कुलमान घिसिङले गरे कमाल:  ११ अर्बले चम्कियाे विद्युत प्राधिकरण

कुलमान घिसिङले गरे कमाल:  ११ अर्बले चम्कियाे विद्युत प्राधिकरण

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७

  • 6.7K
    SHARES

  • कुलमान घिसिङले गरे कमाल:  ११ अर्बले चम्कियाे विद्युत प्राधिकरण

    काठमाडौं- नेपाल विद्युत प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक सार्वजनिक संस्थान बनेको छ । 

     ४ वर्ष अघिसम्म ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण कुलमान घिसिङ कार्यकारी निर्देशक भएसँगै नाफा बढ्दै गएको हो । 

    प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा  ११ अर्ब  ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

    ३५ औं वार्षिकोत्सवमा बोल्दै निर्देशक घिसिङले  २०७२/७३ मा प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँ संचित घाटामा रहेको बताएका छन् ।

     त्यस्तै चार वर्ष अघिको तुलनामा विद्युतको पहुच २३ प्रतिशतले बढेको छ। प्रतिव्यक्ति वार्षिक विद्युत खपत ४ वर्षअघि १ सय ३१ युनिट रहेकोमा अहिले २ सय ६० युनिट पुगको छ।


    अन्तरदेशीय प्रसारण आर्थिक वर्ष २०७२/७३ सम्ममा नेपाल भारतबीच करिव ३ सय ५० मेगावाट विद्युत प्रवाह हुन सक्क्ने अन्तरदेशीय प्रसारण संरचना रहेकोमा अहिले प्रसारण क्षमता वृद्धि भई १५०० मेगावाट पुगेको छ। 

    नेपाल र चीनबीच पनि रातमाटे रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको लागि प्राधिकरण र स्टेट ग्रीड चाइनाबीच समझदारी पत्रमा हस्ताक्षर भइ नेपालतिरको लाइनको संभाव्यता अध्ययन पुरा भएको उनले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:४१:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend