काठमाडौं- नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई सभापति बनाउँनका लागि वर्तमान सभापति शेरबहादुर देउवाले नै आश्वासन दिएको खुलेको छ ।
१४ औं महाधिवेशनबाट पार्टी सभापति बन्ने चुनावी दौडमा रहेका निधिलगायत काँग्रेसका अन्य नेताहरुले समेत सभापतिको दाबी गरिरहेका छन् ।
निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आफू सभापति उठ्न लागेकाले सहयोग गर्न भनि सकेकाछन् ।
तर, देउवाले १५ औं महाधिवेशनमा सभापति बनाउने आश्वासन दिएका छन्। देउवाले यस्तै आश्वासन १३ औं महाधिवेशनमा पनि दिएको निधिनिकट नेताहरू बताउँछन्।
देउवाले चुनाव जित्न निधिको योजना सुनिसकेपछि १४औँ महाधिवेशनमा सभापति बनाउने वचन दिएको स्रोतको दाबी छ ।
निधिले अर्जुननरसिंह केसीहरूलाई देउवा गुटमा नल्याएको भए, उताका गुटका भनेर चिनिएका, तर भोट देउवालाई हाल्ने वातावरण नबनाएको भए देउवा सभापति हुने सम्भावना नरहन्थ्यो ।
सोही कारण अहिले निधि सभापतिमा उठ्न लागेको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।