काठमाडौं - कोरोना महामारीका कारण नेपाली कांग्रेसको १४औँ महाधिवेशन फागुनमा नहुने भएको छ ।
महामारीका कारण कांग्रेसको संगठनहरू समायोजन र विभिन्न कार्यहरू प्रभावित भएपछि १४औँ महाधिवेशन सर्ने पक्का भएको हो ।
कांग्रेसका एक नेताका अनुसार कोरोना महामारीले फागुनमा महाधिवेशन हुने अवस्था नरहेको बताए । ०७८ भदौ महिनासम्म महाधिवेशन सार्ने तयारी भएको एक जना केन्द्रीय सदस्यले बताए ।
उनले भने, ‘०७८ को भदौ महिनासम्म महाधिवेशन सार्ने विषयमा छलफल भइरहेको छ । कोरोना महामारी त्यस बेला पनि रोकिएन भने पुनः सार्नुपर्ने अवस्था आउन सक्छ ।’
विधानअनुसार गत फागुनमा १४औँ महाविधेशन गरिसक्नु पर्ने थियो । तर, पार्टीभित्रको आन्तरिक विवादका कारण कांग्रेसको महाधिवेशन विथालिदै आएको छ ।
१३औँ महाधिवेशन पनि साढे पाँच महिनामा भएको थियो । साउन २२ गतेको बैठकमा जेठ वा वैशाखमा महाधिवेशन गर्न केही नेताहरूले प्रस्ताव नै गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।