सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता बलाएरले गरे ९२ जना पत्रकारको कोरोना बिमा

कांग्रेस नेता बलाएरले गरे ९२ जना पत्रकारको कोरोना बिमा

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७

  • 5.1K
    SHARES

  • कांग्रेस नेता बलाएरले गरे  ९२ जना पत्रकारको कोरोना बिमा

    डोटी - नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री वीर बहादुर बलायरले नेपाल प्रेस युनियन डोटीशाखामा आबद्ध ९२ जना पत्रकारको कोरोना बिमा गरेका छन् ।

    पूर्वमन्त्री बलायरले नेपाल प्रेस युनियन डोटी मार्फत गृहजिल्ला डोटीका क्रियाशिल पत्रकार तथा प्रेस युनियनमा आबद्ध सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरेका हुन् ।

    केन्द्रिय सदस्य बलायरको आर्थिक सहयोगमा ९२ जना प्रेस युनियनका पदाधिकारी तथा साधारण सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरिएको प्रेस युनियन डोटीका सचिव पवन महराले बताए ।

    पूर्वमन्त्री बलायरले पत्रकारहरु महामारी तथा संकटको समयमा पनि जोखिमोलेर खटिने भएकाले युनियनमा आबद्ध ९२ जनाको एकमुष्ट बिमा गरेको बताए ।

    उनेले राज्यले संकटमा, महामारीमा खटिने पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सुरक्षाका सामग्री, बिमा, स्वास्थ्य उपचार तथा अन्य सेवा सुबिधा दिनुपर्ने बताएका छन् ।

    महामारीको बेला खटिने पत्रकारलाई राज्यले व्यवास्था गरेको बेला केन्द्रिय सदस्य बलायरको ९२ जना प्रेस युनियनका पदाधिकारी तथा साधारण सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरिएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

    अध्यक्ष बमले नेपाल युनियन डोटी शाखामा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरुको कोरोना बिमा गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।

    बिमा लागु गरिएको १५ दिन पछि पिसिआर परिक्षणमा पोजेटिभ देखिएमा कम्पनीले ५० हजार रकम भुक्तानी गर्ने लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड दिपायल शाखाका प्रमुख राजु घलेले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०९:१९:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend