कोरोना भाइरसको माहामारीका कारण अध्ययन स्थगन भएको अवस्थामा अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई आउन दिने भएको छ ।
ब्यापार मन्त्री साइमन बर्मिङ्ह्मले आइतबार विदेशी विद्यार्थीलाई प्रवेश गर्न दिने बताएका हुन् ।
अस्ट्रेलिया सरकारको यस्तो निर्णयले नेपाली विद्यार्थीसमेत लाभान्वित हुने भएका छन् ।
सिड्नी मर्निङ हेराल्डको अनलाइन संस्करणअनुसार पहिलोपटक साउथ अस्ट्रेलियाको एडिलाइडमा तीनसय विध्यार्थीलाई आउन दिइने छ ।
एडिलाइड आइपुग्ने सबै बिध्यार्थीलाई सुरूमा क्वारेन्टिनमा राखिनेछ । दुई हप्तापछि उनीहरुले आफ्नो अध्ययन सुरु गर्न पाउनेछन् ।
हाल चीन, भारत, नेपाल र भियतनामबाट अस्ट्रेलिया आउनुपर्ने हजारौं विद्यार्थीहरू आ–आफ्ना देशमा अड्किएका छन् । उनीहरुको क्वारेन्टाइनका लागि अस्ट्रेलियन करदाताको रकम खर्च नगर्ने यहाँको सरकारले स्पष्ट पारेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।