काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरु २ साताका लागि बन्द भएका छन् ।
विश्विद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै आफु मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गरेको हो ।
त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आज सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जनाए ।
यस्तै मातहतका अस्पताल र सेवा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।