काठमााडौं- नेपाली युवतीलाई फसाएर ४८ लाख ५४ हजार ४ सय २० रूपैयाँ ठगी गर्ने रिपब्लिका डि अङ्गोलाका ४८ वर्षीय नागरिक सिल्भा एन्टोनियो डा कोस्टा ठमेलबाट पक्राउ परेका छन् ।
उनले एक नेपाली युवतीसँग इन्टाग्राममा मार्की एरोनको नामबाट चिनजान गरेर आफु लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको भनी ठगी सुरु गरेका थिए ।
उनले नयाँ वर्षको अवसरमा हिराको औंठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड समेत पठाउन लागेको र त्यसका लागि भन्सार छुटाउन, एक्सचेन्ज चार्ज बुझाउनको लागि रकम आवश्यक पर्यो भन्दै युवतीसँग रकम अशुलेको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले बताएका छन् ।
महाशाखाले गरेको प्रारम्भिक अनुसन्धानबाट उनले अर्की युवतीलाई पनि ३७ हजार रूपैयाँ ठगी गरेको खुलेको छ।
प्रहरीले उनको कोठाबाट तीन लाख १५ हजार ७ सय ४५ नेपाली रूपैयाँ, ९ सय अमेरिकन डलर, एटिएम कार्ड, ल्यापटप, नक्कली हजार दरका तीन थान नोट र विभिन्न देशका मुद्रा फेला पारेको छ।
पक्राउ परेकाबाट नक्कली नोट बनाउने केमिकल तथा कागज समेत बरामद भएको प्रहरीले जनाएको छ। उनी २०७६ फागुन २४ गते नेपाल आएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।