काठमाडौं- लगानी बोर्डमा सीईओ नियुक्त सुशील भट्टलाई काम गर्न बाटो खुला भएको छ।
उच्च अदालतका न्यायाधीशद्वय ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौड्यालको आइतबार बसेको संयुक्त इजलाशले सो उनलाई काम गर्नेबाटो खुलाइदिएको हो ।
योग्यता नपुगेको भन्दै उनको नियुक्ति बदर माग गरी उनीविरुद्ध रिट परेको थियो ।
भट्टसँग लगानी बोर्डको सीईओ हुन आवश्यक पर्ने योग्यता नभएको दावी गर्दै परेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै २७ साउनमा उच्च अदालतले तत्काल कामकाज गर्न रोक लगाएको थियो।
तर, अदालतले आइतबार 'प्रस्तुत निवेदनको प्रकृति र विषयवस्तुको गाम्भिर्यताका आधारमा छिटो निरोपण हुन उपयुक्त देखिएकोले प्रस्तुत मुद्दामा विपक्षीहरुबाट लिखित जवाफ परेपछि अग्राधिकार दिई नियमानुसार पेश गर्नुहोला' भन्दै आदेश खारेज गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।