काठमाडौं- आइतबार रातीदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १.१ रुपैयाँका दरले बढाएको हो ।
भारतबाट पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै तीनै पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन भएको छैन् ।
योसँगै काठमाडौं उपत्यका, दिपायल र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ पुगेको छ । अन्य डिपोको तुलनामा उक्त डिपोहरुको मूल्य सबै भन्दा बढी हो ।
यसअघि निगमले गत साउन १८ गतेपनि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दै उपत्यका पेट्रोलको मूल्य १ सय ४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९० रुपैयाँ प्रतिलिटर पुर्याएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।