काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधीको निर्णयले कांग्रेसमा हलचल मच्चिएको छ। सभापति शेरबहादुर देउवालाई भेटेर उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको सुनाएपछि कांग्रेस वृत्तमा हलचल मच्चिएको हो।
निधिले आफूलाई भावी सभापतिमा सघाउन देउवालाई आग्रह गरेका थिए। देउवासँगको छलफल लगत्तै निधिले साँझा ७ बजे वरिष्ठ नेता रामचन्द्र पौडेलसँग टेलिफोन संवाद गरेका थिए । निधीले पौडेलसँग आफूले सभापतिसँग १४ औं महाधिवेशनमा सभापतिको उम्मेदावर बन्ने बताएका थिए।
यसअघि निधिले सभापतिका आकांक्षी केही नेताहरुसँग पनि १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा आफूलाई साथ दिन आग्रह गरेका थिए । निधिले आफू सभापतिका लागि तयार रहेको भन्दै सबैसँग सहयोगका लागि आग्रह गरिरहेका छन् ।
केही समयअघि महामन्त्री शशांक कोइरालालाई बूढानीलकण्ठ बेलाएर देउवाले छलफल गरेरपछि निधि आत्तिएको बुझिएको छ ।
महामन्त्री शशांक कोइरालाले देउवाले आफूलाई बोलाएर फेरि सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए। देउवाको आग्रह लगत्तै निधी बुढानिलकण्ठ पुगेका हुन्। निधीकाे सक्रियताले संस्थापन र इतर दुवै समुह तरंगित बन्न पुगेकाे छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।