सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अन्तत: नेकपामा ओली-प्रचण्डकै पञ्जा, सहमतिका लागि यस्ताे कदम !

अन्तत: नेकपामा ओली-प्रचण्डकै पञ्जा, सहमतिका लागि यस्ताे कदम !

नेकपा विवाद
  • मिडिया डबली
  • शनिवार, श्रावण ३१ २०७७

  • 5.4K
    SHARES

  • अन्तत: नेकपामा ओली-प्रचण्डकै पञ्जा, सहमतिका लागि यस्ताे कदम !

    काठमाडौं-  सत्तारूढ नेकपाभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलले शनिबारदेखि  छलफल सुरु गरेको छ ।

    नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफलपछि दुई अध्यक्षले गठन गरेको कार्यदलले नेकपालाई सहमतिको बाटोमा ल्याउने देखिएको छ ।

    उता नेकपा अन्य शिर्षनेताहरुलाई भने पन्छाइएको छ । यसअघि चरम विवादका क्रममा प्रचण्ड पक्षिय बनेर उभिएका अन्य शीर्षनेताहरुले भने अहिले समाधान कसरी अघि बढ्दै छ भन्ने चाल पाउन सकेका छैनन् ।

    नेकपा महासचिव तथा कार्यदलका संयोजक विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा शनिबार  सो ६ सदस्यीय कार्यदलले छलफल गरेको हो । पौडेलको संयोजकत्वमा गठित सो कार्यदलमा भीम रावल, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य छन्।

    प्रचण्ड र ओलीले गठन गरेको कार्यदलमा शंका लागेपछि  शनिबार बिहान अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डसँग भेट समेत गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३१ २०७७१०:०६:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend