भारतका प्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह (एमएस) धोनीले क्रिकेट खेलबाट सन्यास लिएका छन्। ३९ वर्षीय धोनीले सन् २०११ मा भारतलाई विश्वकप जिताएका थिए ।
३५० एक दिवसीय खेल खेलेका पूर्वकप्तान धोनीले एक दिवसीय क्रिकेटमा १० हजार ७ सय ७३ रन बटुलेका छन्, जुन क्रिकेट इतिहासमै ११औं उच्च स्कोर हो।
‘यहाँहरुको माया र साथका लागि सबैलाई धन्यवाद। मलाई अब सन्यास लिएको रुपमा बुझ्नुस्,’ उनले इन्स्टाग्राममार्फत् घोषणा गरेका छन्।
धाेनीसँगै सुरेस रैनाले पनि सन्यासी लिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।