सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपामा खलबल: ओली-प्रचण्ड मिले, तीन नेता खुमलटार पुगेर खैलाबैला

नेकपामा खलबल: ओली-प्रचण्ड मिले, तीन नेता खुमलटार पुगेर खैलाबैला

  • मिडिया डबली
  • शनिवार, श्रावण ३१ २०७७

  • 9.1K
    SHARES

  • नेकपामा खलबल: ओली-प्रचण्ड मिले, तीन नेता खुमलटार पुगेर खैलाबैला

    काठमाडौं- पछिल्ला ६ महिनायता नेकपामा चुलिएको विवाद साम्य हुने स्थितीमा पुगेको बताइएको छ । यद्यपी यसबीच फेरि नेकपामा नयाँ तरंग आएको छ ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालको सहमतिमा महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदल शुक्रबार बनाइएपछि शनिबार तीन शीर्ष नेता खुमलटार पुगेका छन् ।

    कार्यदल बनेपछि पार्टीको विवाद समाधानको दिशातर्फ अघि बढिरहेका बेला शनिबार बिहान अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले भेट गरेका हुन्। 

     दुई अध्यक्षको सहमतिमा बनेको पौडेल कार्यदलमाथि पनि प्रश्‍न एवं  शंकाको नजर तेर्स्याउँदै उठाउँदै तीन शीर्ष नेताले प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन दबाब दिएका छन्।  

     दुई अध्यक्षबीच शुक्रबार बालुवाटारमा भएको वार्तापछि पौडेलको नेतृत्वमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सदस्य रहेको कार्यदल बनेको थियो। कार्यदलमा नेकपाका तीनै गुटका दुई दुईजना नेता राखिएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३१ २०७७०९:१३:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend