पर्सा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तराई मधेश विभाग प्रमुख नेता अजयकुमार चौरसिया र
वीरगन्ज कारागारका प्रमुख श्रवन कुमार पोख्रेललगायत २८ जनाले कोरोना जितेका छन् ।
वीरगन्जमा रहेका अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयर र गण्डक अस्पतालबाट कोरोना जितेर उनीहरु एकै पटक सबै डिस्चार्ज भएका हुन् ।
अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले नेता चौरसिया र कारागार प्रमुख पोख्रेलसहित २६ जना वीरगन्ज हेल्थ केयरबाट र २ जना गण्डक अस्पतालबाट शनिबार डिस्चार्ज भएका जानकारी दिएका छन् ।
२४ घण्टाको अन्तरमा भने यी दुवै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६४ पुगेको सिंहले बताए। शुक्रबार साँझ पनि वीरगन्ज हेल्थ केयर हस्पिटलबाट २८ जना र गण्डक अस्पतालबाट ८ जना गरी ३६ जनाले कोरोना जितेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।