सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

लकडाउन ! उल्लंघन गर्नेलाई सोझैं क्वारेन्टाइनमा राखिने

लकडाउन ! उल्लंघन गर्नेलाई सोझैं क्वारेन्टाइनमा राखिने

  • मिडिया डबली
  • शनिवार, श्रावण ३१ २०७७

  • 3.3K
    SHARES

  • लकडाउन ! उल्लंघन गर्नेलाई सोझैं क्वारेन्टाइनमा राखिने
    फाइल तस्वीर

    झापा- झापाको दमक नगरपालिकाले लकडाउन घोषणा गरेको छ। नगरपालिकाले लकडाउन घोषणा गर्दै अनुमतीबीना कसैले नगरपालिकामा प्रवेश गर्न खोजे क्वारेन्टाइ बस्नुपर्ने घोषणा गरेको छ ।

    संघीय सरकारले घोषणा गरेको लकडाउन खुकुलो भएसँगै संक्रमण फैलिएकाले लकडाउन गर्ने निर्णय गरेको हो। नगरपालिकाको आकस्मिक बैठकले शनिबार रातिदेखि लागु हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको हो।

    नगरप्रमुख रोमनाथ ओलीका अनुसार आगामी भदौ ५ गते सम्मका लागि लकडाउन गर्ने निर्णय भएको हो।  
    यस अवधिमा औषधि र दूध डेरीबाहेक कुनै पनि पसल, उद्योग तथा संघ संस्थाहरु सञ्चालन हुन पाउने छैनन्। डेरीसमेत बिहान ६ बजे देखि ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नगरप्रमुख ओलीले जानकारी दिए। 

     दमक नगरपालिकाले वडा नं ४ र वडा नं १० मा क्वारेन्टाइनमा सञ्चालन गरेको छ। तीमध्ये वडा नं १० को क्वारेन्टाइनमा महिला मात्र राखिएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३१ २०७७०७:००:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend