बैतडी- महाकाली राजमार्गअन्तर्गत बैतडीको सिल्लेगडामा शनिबार जीप दुर्घटना भएको छ ।
दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा दोगडाकेदार ३ श्रीकोट सिल्लका जिपधनी ४२ वर्षीय दशरथचन्द र श्रीकोटकै उस्कला भन्ने ठाउँका ४० वर्षीय करन ऐरी छन्। जीप जीपधनी आफैले चलाइरहेका बेला दुर्घटनामा परेको हो ।
सिल्लेगडाबाट खोचलेक गइरहेको से१ज ३२८ नम्बरको जिप अपराह्न ४ बजे सिल्लेगडा नजिकैको मोडमा दुर्घटनामा परेको हो । जिप सडकबाट २ सय मिटर तल खसेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।