सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

संक्रमितको सम्पर्कमा आएकालाई परीक्षण नगर्न आग्रह, किन गर्याे स्वास्थ्य मन्त्रालयले यस्तो निणर्य ?

संक्रमितको सम्पर्कमा आएकालाई परीक्षण नगर्न आग्रह, किन गर्याे स्वास्थ्य मन्त्रालयले यस्तो निणर्य ?

  • मिडिया डबली
  • शनिवार, श्रावण ३१ २०७७

  • 10.9K
    SHARES

  • संक्रमितको सम्पर्कमा आएकालाई परीक्षण नगर्न आग्रह, किन गर्याे स्वास्थ्य मन्त्रालयले यस्तो निणर्य ?

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण भएका मानिसको सम्पर्कमा आएका व्याक्तिहरुलाई तत्कालन परीक्षण् नगर्न आग्रह गरेको छ ।

    कोरोना भाइरस शरिरमा प्रवेश गरेपछि संख्या वृद्धि गरेर परीक्षण पोजेटिभ देखिन समय लाग्ने भएका कारण मन्त्रालयले कम्तिमा ५ दिनपछि मात्रै परीक्षण गर्न आग्रह गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमितको सम्पर्कमा आएको ५ दिनपछि मात्रै पीसीआर परीक्षण गराउन आग्रह गरेका हुन्।

    उनले संक्रमितको सम्पर्कमा आएकाले तुरुन्त पीसीआरका लागि स्वाब संकलन गर्ने गरेको भन्दै पीसीआर पोजिटभ आउन ५ देखि ७ दिन लाग्ने भन्दै त्यो अवधिसम्म जाँच नगराउन आग्रह गरेका हुन्।

    ‘कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तुरुन्त रियल टाइम पीसीआरका लागि स्वाब संकलन गर्ने गरेको पाइएको छ, पीसीआर पोजिटिभ आउन पाँच÷७ दिन लग्ने भएकाले तुरुन्त जाँच गर्दा फाल्स नेगेटिभ (टेस्ट गर्दा नेगेटिभ आउने तर दुई चार दिनमा पोजिटिभ आउन सक्ने) आउने भएकाले पाँच दिन नपुगी जाँच नगर्नरनगराउनहुन आग्रह गरिन्छ’, प्रवक्ता गौतमले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३१ २०७७०६:१७:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend