काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभरका विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउनको घोषणा गरिएको छ ।
कोरोना भाइरसको उच्च जोखिम भएका क्षेत्रमा स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयहरु लकडाउन र निषेधाज्ञा जारी गरेका छन् ।
संघीय राजधानी काठमाडौंमा केही निश्चित क्षेत्रहरुमा निषेधाज्ञा घोषणा गरिएको छ । मानिसहरुलाई मास्कको प्रयोग गर्न, स्यानिटाइजर र सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ ।
शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो ।
जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।
त्यसैगरी नवलपरासीमा शनिबार राति १२ बजेदेखि भदौ ६ गतेसम्म लकडाउन जारी गरिएको छ । चितवनको भरतपुर महानगरपालिमा समेत लकडाउन गरिएको छ ।
दाङमा रातको समयमा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ भने सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा पनि लकडाउन जारी गरिएको छ ।
त्यसैगरी बुटवल उपमहानगरमा पनि लकडाउन घोषणा गरिएको छ । त्यसैगरी सिन्धुपाल्चोकमा समेत अत्यावश्यकबाहेकमा सेवा बन्द गर्न निर्देशन दिइएको छ ।
प्रदेश १ र २ का विभिन्न क्षेत्रमा समेत लकडाउन जारी गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।