सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पर्दाफास गर्दै नेविसंघ : अन्तत: पोखराका मेयरलाई पुर्यायो अख्तियारमा

पर्दाफास गर्दै नेविसंघ : अन्तत: पोखराका मेयरलाई पुर्यायो अख्तियारमा

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ३० २०७७

  • 8.3K
    SHARES

  • पर्दाफास गर्दै नेविसंघ : अन्तत: पोखराका मेयरलाई पुर्यायो अख्तियारमा

     

    पोखरा- पोखरा महानगरपालिकाको अनियमितताको सत्यतथ्य अनुसन्धानका लागि नेविसंघ कास्कीले  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा महानगरका मेयर विरुद्ध उजुरी दिएको छ ।

    पोखरा महानगरले निर्देशक पदमा स-सचिब सरहको जागिर मेयरले आफ्ना स्वकीय सचिबलाई खुवाउनका निम्ति पूर्वनिर्धारित खेल खेलेको हुनाले आफुहरुले मेयर विरुद्ध अख्तियारमा उजुरी दिएको नेविसंघ नेता बिपिन पौडेलले बताए ।

    गण्डकी बहुप्राविधिक शिक्षालयको निर्णय अनुसार १ जना निर्देशक चयन गर्न ३ दिने सूचना निकालेर सिधै आफ्ना नजिकका ब्यक्तिलाई जागिर खुलाउन मेयर लागि परेकाले त्यसको विरुद्धमा उत्रिएर नेवि संघ कास्की मेयर विरुद्ध उजुरी दिन अख्तियार पुगेको नेवि संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले बताएका छन्।

    एकातिर ३ दिने सूचना अर्कातिर मेयरका स्वकीय सचिब नै आंकाक्षी अनि आफ्नै संभावना भन्दै सामाजिक संजालमा हाल्नु र मेयरका स्वकीय सचिबको शैक्षिक योग्यता लाई नै उक्त पदलाई चाहिने शैक्षिक योग्यताको मापदण्ड बनाउन महानगर नै लागेपछि आफुहरु अख्तियार जान बाध्य भएको नेविसंघ कास्कीले जनाएको छ ।

    सोही बिषयमा आज पोखराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको नेबिसंघले जनाएको छ । अनियमितता तथा नीति नियम बिपरित कार्यको सधै भण्डाफोर गर्ने भन्दै आफुहरुले उजुरि गर्नुपरेको नेबिसंघले उजुरिमा उल्लेख गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ३० २०७७०९:५०:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend