काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण ढ्दै गएको छ । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १ सय पुगेको छ ।
नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएसँगै संख्या १ सय पुगेको हो । यसअघि शुक्रबार आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको बताएका थिए ।
कोरोनाबाट थप मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष रहेका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाउँदा काठमाडौं पठाइएको थियो ।
उनको बिहीबार अस्पताल लैजादै गर्दा मृत्यु भएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।