चीनको राष्ट्रिय फर्मास्युटिकल अन्तर्गतको सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपले शरीरमा एन्टीबडी उत्पादन गरेको बताइएको छ ।
यूएईमा परीक्षण भइरहेको यो खोपले शरिरमा एन्टीबडी उत्पादन गरेको दी जाकर्ता पोष्टले जनाएको छ । यो खोपको थप परीक्षण पाकिस्तानमा हुने बताइएको छ ।
अहिलेसम्मको सबै परीक्षण सकारात्मक देखिएको र खोपले कुनै गम्भीर साइड इफेक्ट नगरेको पनि बताइएको छ।
सबै कुरा योजना अनुरुप भए यसै वर्षको अन्त्यसम्म खोप आउन सक्ने जनाइएको छ ।
पहिलो र दोस्रो चरणको परीक्षणमा ३ सय २० जना स्वस्थ व्यक्तिहरुमा खोप लगाएर यो जाँच गरिएको थियो।
यो खोप अहिले अन्तिम चरणको परीक्षणमा छ। जसमा हजारौँ जनालाई खोप लगाएर त्यसको प्रभावकारिता जाँच्ने गरिन्छ।
यसअघि रसियाले कोरोनाविरुद्धको खोप सञ्चालनमा ल्याउन अनुमित दिइसकेको छ । एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।