सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीकै गृहजिल्लामा नेकपाकाे बेहाल, २ सय बढी काँग्रेस प्रवेश

ओलीकै गृहजिल्लामा नेकपाकाे बेहाल, २ सय बढी काँग्रेस प्रवेश

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ३० २०७७

  • 8.3K
    SHARES

  • ओलीकै गृहजिल्लामा  नेकपाकाे बेहाल, २ सय बढी काँग्रेस प्रवेश

    झापा- झापा अर्थात नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मां ओलीको गृह जिल्लामा नेकपाका नेता कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

    झापाको कमल गाउँपालीकामा नेकपा लगायत अन्य पार्टीका २ सय १८ जना नेपाली कांग्रेसमा प्रवेस गरेका हुन् । 

    उनीहरुलाई शुक्रबार स्वाग कार्यक्रमकाबीच कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले स्वागत गरे । 

    कांग्रेस गाउँ सभापति खगेन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तत्कालीन माओवादी केन्द्र सन्थाल मुक्तिमोर्चाका केन्द्रिय नेता रामचन्द्र बेस्रा, पुर्व शिक्षक टंक भण्डारी, संघिय समाजवादीका कमल गाउँ उपाध्यक्ष जंग राई लगायतले कांग्रेस प्रवेस गरेको नेपाली कांग्रेस कमल गाउँ उप सभापती राजकुमार न्यौपानेले जानकारी दिए ।

    नव प्रवेसीहरुलाई स्वागत गर्दै प्रमुख अतिथि सिटौलाले पार्टिमा सबैलाई भेदभाव नगरी समान अवसर प्रदान गर्न स्थानिय नेतृत्वलाई आग्रह गरेका छन् । 

    अहिले धेरै नागरिकको आशा कांग्रेस प्रति रहेको भन्दै उनले जनताका समस्यामा साथ दिन पार्टि कार्यकर्ताहरुलाई आग्रह गरे ।
    । 
    कार्यक्रममा कांग्रेस झापा सभापती उद्धव थापा, पुर्व उप सभापती देउमान थेवे, पार्टिका क्षेत्रीय सभापती ढुण्डीराज भण्डारी लगायतले नव प्रवेसीहरुलाई स्वागत गर्दै योग्यता र क्षमता अनुसारको जिम्मेवारी प्रदान गर्ने बताए ।

    नव प्रवेसीहरुको तर्फबाट बोल्दै सागर राईले आफुहरु पद र अवसरको लोभमा भन्दा पनि कांग्रेसको सिद्धान्त र नितिका कारण प्रवेस गरेको बताए । कांग्रेसले मात्रै समता मुलक समाज निर्माण गर्ने भन्दै उनले सबै युवाहरुलाई कांग्रेसमा आएर मुलुक निर्माणको अभियानमा लाग्न आग्रह गरे । 

    नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार कम्युनिष्टहरुकोलागी मात्रै रहेको बताए ।

    झापाको कमल गाउँपालीकास्थित लखनपुरमा आज अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिटौलाले आफ्ना कार्यकर्तालाई मात्रै सरकारले जनता देख्ने गरेको टिप्पणीगरे । 

    अहिले कम्युनिष्टहरुको लागी मात्रै सरकार रहेको र अन्य नागरिकको बेहाल भएको भन्दै नेता सिटौलाले कोरोना संक्रमण नियन्त्रणका लागी गरिएको लकडाउनको अवधिमा श्रमिकहरु बिचल्लीमा पर्दा पनि सरकारले नहेरेको आरोप लगाए ।

    हजारौं श्रमिकहरु राजधानी काठमाण्डौबाट पैदलै गाउँ फर्किंदा समेत सरकारले नदेखेको भन्दै उनले आप्mना कार्यकर्ता बाहेक अरुलाई जनतानै नदेख्ने शैलिका कारण लाखौं नेपालीहरु बिदेशमा अलपत्र पर्दा पनि सरकारले उद्धार नगरेको बताए ।

    सरकारले अदालत देखी प्रशासन सम्म आप्mनो कब्जामा पार्न खोजेको भन्दै उनले लोकतन्त्रका लागी लडेको कांग्रेसलाई त्यो सैह्य नहुने बताउनु भयो । कांग्रेसले कुनै पनि किसिमको अधिनायकबाद नसहने भन्दै उहाँले मुलुक कम्युनिष्ट अधिनायकबादमा फस्न लागेको बताए ।

    अर्को फरक प्रशंगमा बोल्दै नेता सिटौलाले कांग्रेसको आगामी महाधिवेसनबाट आउने नेतृत्वले सबै कार्यकर्ताको भावना समेटेर बृहत कांग्रेस निर्माण गर्नु पर्ने बताए ।

    अहिले युवा पुस्ताको आकर्षण कांग्रेसमा बढिरहेको भन्दै उहाँले सबैलाई समेटेर एउटै कांग्रेस बनाउने नेतृत्व चुन्नु पर्ने बताए ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ३० २०७७०७:३३:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend