काठमाडौं- नेपालका ४ जिल्लामा कोरोना संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले चार जिल्लमा शून्य संक्रमित र चार जिल्लामा ५ सय भन्दा बढी संक्रमित उपचाररत रहेको जानकारी दिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार शून्य संक्रमित भएका जिल्लामा संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
त्यस्तै छ सयभन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।