काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ हजार ५५१ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ ।
यो अवधिमा देशभर ११ हजार पाँच सय ७५ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुल संक्रमितमध्ये हालसम्म १७ हजार ७७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
सक्रिय संक्रमितकाे संख्या सात हजार नाै सय १३ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।