काठमाडौं- नेपाली कांग्रेसले सिन्धुपाल्चोक र कालिकोटमा गएको पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण र बासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पहिरो पीडितलाई तुरुन्त बासको व्यवस्था मिलाउन र क्षतिपूर्ती दिन आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् देउवाले भनेका छन्, “सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालिकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरुको जतिसक्दो चाडो उद्धार गर्न म सरकारसँग माग गर्दछु । साथै पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रवन्ध मिलाउन पनि अनुरोध गर्दछु, ।”
“पहिरोमा परेर ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दछु । पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण गरेर उचित बासको प्रवन्ध गर्न र आवश्यक क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग माग गर्दछु ।” देउवाले लेखका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।