रोल्पा - तत्कालीन माओवादीको किल्ला एवं उदगमस्थल रोल्पामा झण्डै २ दर्जन नेकपाका नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।
बिहीबार रोल्पाको रुन्दीगढीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रुन्टीगढी गाउँपालिका–४ का युवाहरू खोलबहादुर घर्ती, रामबहादुर घर्ती, नुमराज परियार र सुरेन्द्र सेन काँग्रेस प्रवेश गरेका हुन् ।
त्यसैगरि विभिन्न समयमा दबाबमा पारेर नेकपामा प्रवेश गराइएका रुन्टीगढी गाउँपलिका–३ का पूर्णबहादुर राणा, लक्षीराम पुन, भीमकुमर घर्ती, जोगेन्द्र बिक, भीमबहादुर हमाल, वीरेन्द्र हमाल, रोमप्रसाद पुरी, मुमासिङ बिक, तिलबहादुर बिक, शोभाराम पुरी, बालराम घर्ती, कविराम बुढा, पूर्णबहादुर घर्ती, मोखलाल पुन लगायत फेरि नेपाली कांग्रेसमा फर्किएका छन् ।
कम्युनिस्टहरूको झुठको पर्दाफास भएपछि कांग्रेसबाट नेकपामा प्रवेश गरेका सबै व्यक्तिहरू पुरोनो घर अर्थात नेपाली कांग्रेसमै फर्किएका छन् ।
सत्तारुढ नेकपाका कार्यकर्ताहरुले नेकपा नेताहरु भ्रष्टाचारमा लिप्त भएको र जनतालाई दुःख दिएको आरोप लगाउँदै पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।