सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

 कोरोना संक्रमण फैलिन थालेपछि एक साता लकडाउन गर्ने घोषणा !

 कोरोना संक्रमण फैलिन थालेपछि एक साता लकडाउन गर्ने घोषणा !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ३० २०७७

  • 5.1K
    SHARES

  •  कोरोना संक्रमण फैलिन थालेपछि एक साता लकडाउन गर्ने घोषणा !

    चितवन- जिल्लाको भरतपुर महानगरपालिकाले एक साता लकडाउन गर्ने घोषणा गरेको छ ।

    समुदायमा फैलिन थालेपछि भरतपुर महानगरपालिकाले शुक्रबार राति १२ बजेबाट लागु हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको हो ।

    महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी लगायत सरोकारवाला निकायको शुक्रबारको बैठकले महानगरपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिन थालेकोले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

    भरतपुरमा बिहीबार मात्रै ९ जना संक्रमित थपिएका थिए । भरतपुर अस्पतलाको आकस्मिक कक्षकी नर्ससहित ९ जना उपचारका लागि आएका बिरामीमा स‌ंक्रमण पुष्टि भएको थियो । महानगरमा हालसम्म ७० जना पुरुष र २३ महिला गरी ९३ जना संक्रमित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ३० २०७७०५:०५:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend