काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपति र प्रहरीका केही अधिकारीले नेपाल विद्यार्थी संघका संघका कार्यकर्तालाई झुठो मुद्दा लगाएका छन् ।
संघले उठाएका आधारभुत र आवश्इक मागलाई गलत ठहर्याउँदै उपकुलपति र प्रहरीका केही अधिकारीले यसो गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगले साउन २७ गते तोडफोड गराइएको तर प्रहरीले भने नेविसंघका सम्झना खत्री, श्यामराज ओझा, हार जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत ८ जनालाई नियन्त्रणमा लिएको थियो ।
तर, संघका अध्यक्ष राजीव ढुङ्गानाले सत्ताको आडमा झुठा मुद्दा लगाएर विद्यार्थीलाई फसाइएको बताएका छन्। कोरोना प्रभावितलाई उचित स्वास्थ्य सेवा तथा मृत्यु भएकालाई क्षतिपूर्तिको माग गर्नेलाई वीरगञ्जमा पक्राउ गरिएको घटनाको संघले आपत्ति जनाएको छ।
त्रिविमा धर्मकान्त बाँस्कोटा उपकुलपति बनेपछि प्राज्ञिक थलोलाई नेकपा कार्यकर्ताको भर्तिकेन्द्र बनाएको संघले आरोप लगाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।