काठमाडौं- काठमाडौंमा कोरोना भाइरसको संक्रमण अत्यधिक बढिरहेको छ । यसबीच न्यूरोडदेखि इन्द्रचोकसम्मका सबै पसलहरु बन्द गरिएको छन् ।
व्यापारीमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु शुक्रबारबाट बन्द गरिएको हो ।
वडा कार्यालयले यही साउन ३० गते शुक्रबार (आज)देखि आउँदो भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गराएकाे हाे ।
यसअघि नै व्यापारीमा कोरोना संक्रमण देखिएपछि महाबौद्ध, असनसहित आसपासका क्षेत्रका पसल बन्द गरिएको छ । साथै काठमाडौं उपत्यकाका कलंकी, बल्खु, कुलेश्वर, कोटेश्वर क्षेत्र पनि सिल गरिएको छ ।
केन्द्रिय सरकारले स्थानीय सरकारले चाहे अनुसार लकडाउन गर्ने भनेपछि वडाहरु आफै लकडाउन एवं सिल गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।