कर्णाली- कोरोना भाइरस कोभिढ १९ को संक्रमण बढ्दै गएपछि देशका धेरै जसो ठाउँका नाकामा कडाइ सुरु भएको छ ।
यसबीच कर्णाली प्रदेशले कर्णाली प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको छ ।
प्रदेशले प्रवेशका पाउनका लागि लागि कम्तीमा तीन दिन अगाडि पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने व्यवस्था गरेको हो ।
त्यस्तै प्रदेशले रातको समयमा प्रदेशमा पूर्णरुपमा प्रवेश पनि बन्द गरिएको छ ।
प्रदेश भित्रिने मुुख्य नाका सल्यानको कालिमाटी, काल्चे, कपूरकोट, सुर्खेतको बबई र कुइनेमा पीसीआर रिपोर्ट हेरिनेछ ।
यसबाहेक कर्णाली प्रदेशले प्रदेश राजधानी वीरेन्द्रनगरलगायत मुख्य बजार क्षेत्रका होटल तथा रेष्टुरेन्ट भदौ १ गतेदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
र प्रदेशले तत्काल १५ वटा आईसीयू बेड थप्ने निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।