काठमाडौं - कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंको कुलेश्वर–बल्खु क्षेत्र सिल गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न ठाउँमा कोरोना संक्रमण बढेपछि सिल गरिएको हो ।
सोही वडाको कलंकी क्षेत्र पनि बिहीबार बिहानबाट सिल गरिएको थियो । कुलेश्वर क्षेत्रमा फलफूल व्यवसायीदेखि घर बाहिर ननिस्कनेहरुमा पनि कोरोना संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाभित्रका सबै टोलमा पुगेर घरभित्रै रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन माइकिङ गरिएको छ भने कोरोना संक्रमण देखिएका क्षेत्रमा डिसइन्फेक्सन औषधिसमेत छर्ने काम भइरहेको वडा कार्यालयले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।