सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौं आउन खोज्ने १९ हजार यात्रुलाई नाकाबाटै घर फर्काइयो 

काठमाडौं आउन खोज्ने १९ हजार यात्रुलाई नाकाबाटै घर फर्काइयो 

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 6.1K
    SHARES

  • काठमाडौं आउन खोज्ने १९ हजार यात्रुलाई नाकाबाटै घर फर्काइयो 

    काठमााडाैं- लकडाउनको बीचमा अत्यावश्यक काम बिनै काठमाडौं आउन खोज्ने १९ हजार ४ सय ८३ जनालाई फिर्ता पठाइएको छ ।

    कोरोना संक्रमण नेपालमा बढ्दै गएको भन्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्न सवारी साधन अनुमति विना उपत्यका प्रवेश गर्न कडाइ गरिएको छ ।

    बिहीबारदेखि सबै जिल्लामा सवारी पास जारी गर्न समेत बन्द गरिएको छ। यो अवधिमा मास्क प्रयोग नगरी हिँड्ने ४ लाख १९ हजार ५३८ जनालाई नियन्त्रणमा लिएको छ।

    ती मध्ये ३ लाख ५४ हजार ८२४ जनालाई सम्झाई बुझाई छाडिएको र ३९ हजार ५०७ जनालाई मास्क दिएर पठाएको गृह मन्त्रालयले जनाएको छ। 

    २५ हजार २०७ जनालाई जरिवाना गरी छाडेको छ। हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६३५ वटा सवारी फर्काइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २९ २०७७१०:१६:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend