आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नरेन्द्र मोदीले रचे भारतीय राजनीतिक जगतमा नयाँ इतिहास !

नरेन्द्र मोदीले रचे भारतीय राजनीतिक जगतमा नयाँ इतिहास !

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 5.5K
    SHARES

  • नरेन्द्र मोदीले रचे भारतीय राजनीतिक जगतमा नयाँ इतिहास !

    जवाहरलाल नेहरू, इन्दिरा गान्धी र  मनमोहन सिंह पछि प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार (अगस्ट १३) देखि भारतीय इतिहासमा चौथो सबैभन्दा लामो अवधि सेवा गर्ने प्रधानमन्त्री बनेका छन् ।

    तर प्रधानमन्त्री मोदी काङ्ग्रेस इतर दलबाट सबैभन्दा बढी समय भारतको सरकार प्रमुखका हैसियतमा सेवा गर्ने पहिलो राजनेता बनेका छन् ।

    उनले अाफ्नै दल भारतीय जनता पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई पछाडि पार्दै गैर–काङ्ग्रेस दलबाट सबैभन्दा बढी प्रधानमन्त्री बन्ने इतिहास बनाउन सफल भएका हुन् । 

    नरेन्द्र मोदीले  सन् २०१४ को मे २६ मा भारतीय १४ औँ प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल सुरू गरेका थिए । उनको दोस्रो कार्यकाल ३० मे २०१९ मा सुरू भएको हो ।

     
    भारतको इतिहासमा जवाहरलाल नेहरू अहिलेसम्म सबैभन्दा लामो अवधि प्रधानमन्त्री बनेका नेता हुन् । उनको कार्यकाल झण्डै १७ वर्ष रहेको थियो । उनकी छोरी तथा भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धील क्रमशः ११ वर्ष र करीव पाँच वर्ष गरी दुई कार्यकालमा १६ वर्ष पूरा गरेकी थिए ।

    त्यस्तै काङ्ग्रेस नेता डा मनमोहन सिंह लगातार दुई पटक पाँच वर्षको सेवा गरी भारतीय इतिहासमा तेस्रो लामो समय प्रधानमन्त्रीका रूपमा सेवा गर्न सफल व्यक्तित्व हुन् ।

    मोरारजी देसाई (मार्च २४ १९७७–जुलाई २८, १९७९्), चरण सिंह (जुलाई २८,१९७९– जनवरी १४, १९८०), विश्वनाथ प्रताप सिंह (डिसेम्बर २, १९८९–नोभेम्बर १०, १९९०), चन्द्रशेखर( नोभेम्बर १०,१९९०–जुन २१, १९९१), एचडी देवेगौडा जुन १, (१९९६– अप्रिल–२१, १९९७) र इन्दर कुमार गुजराल (अप्रिल २१, १९९७– मार्च १९, १९९८)  आफ्नो कार्यकाल पूरा नगरेका काङ्ग्रेस इतरका अन्य प्रधानमन्त्रीहरू रहेका छन् ।

    नरेन्द्र मोदी भारतको ७४ औं स्वतन्त्रता दिवसको दुई दिन अगाडि सबैभन्दा लामो सेवा गर्ने चौथो प्रधानमन्त्री बनेका हुन् । यही अगस्ट १५ मा उनले भारतीय प्रधानमन्त्रीका रूपमा स्वतन्त्रता दिवसका अवसरमा लालकिल्ला (रेड फोर्ट)परिसरबाट सातौँ सम्वोधन गर्दै छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २९ २०७७०८:०९:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend