काठमाडौं- अब कामठााडौंमा प्रवेश गर्न र अर्काे जिल्ला निश्किन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिर जाने सवारी पास वितरण गर्न बन्द गरेसँगै काठमाडौंबाट बाहिरीन नपाइने भएको हो ।
बिहीबार सूचना प्रकाशित गरी प्रशासनले उपत्यका बाहिरका जिल्लाहरुबाट आउने सवारी पासको स्वीकृतिसमेत बन्द भएको बताएपछि बाहिरी जिल्लाबाट समेत काठमाडौं प्रवेशमा गर्न नपाइने भएको हो ।
बुधबार गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी आजदेखि अन्तरजिल्ला सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको थियो। यसै अनुसार अर्को व्यवस्था नभएसम्मका लागि काठमाडौंमा सवारी पास पूर्ण रुपमा बन्द गरेको जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।