काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा आज भएको छलफलले विवाद साम्य हुनेबाटोको संकेत गरेको छ ।
अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले आजको छलफल सकारात्मकतातिर अघि बढेको बताएका हुन् ।
यद्यपी यसअघि पनि एकदुई छलफलमा सकारात्मकता देखिएकाे कुरा बाहिर ल्याइएकाे थियाे । तर, विवाद भने कायम नै थियाे ।
प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजन संवादमा नेकपाको विवाद मिल्ने घोषणासहित ५ दिनको डेटलाइन तोकेका थिए।
आज भएको छलफलले विवाद साम्य हुने स्थितीमा पुगेको भनेपनि मूख्यरूपमा के निर्णय भयो भनेर खुलाइएको छैन् । यसकारण आजको छलफलमा पनि उल्लेख्य प्रगती भएको भने देखिँदैन् ।
यदि मुख्य विषयमा कुरा भएर निश्कर्षमा नपुग्ने हो भने ओली प्रचण्डबीचको विवाद ५ दिनभित्रै समाधान हुने डेटलाइनमा ओली आफै चुक्नसक्ने देखिन्छन् ।
प्रधानमन्त्री ओलीले ५ दिनको डेटलाइन तोकेको भोलिपल्ट अध्यक्ष प्रचण्ड उनलाई भेट्न बालुवाटार पुगेका हुन् ।
ओलीका हरेक कदममा प्रचण्डपक्षले विवाद गर्दै आएको छ । उसो त ओलिले चालेका कदम नै विवादास्पद रहिआएका छन् ।
पछिल्लो समय लगानी बोर्डको सिइओ नियुक्तिको बिषयले दुईपक्षबीच विवाद भएकाे थियाे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।