काठमाडाैं- कुखुराको मासुमा नै कोरोना भाइरस देखिएको छ । चीनले ब्राजिलबाट ल्याइएका ‘फ्रोजन चिकेन विंग्स’ मा कोरोना भाइरस ‘कोभिड १९’ देखिएको बताएको हो ।
ब्राजिलबाट सेनजेनमा आयात गरिएका खाद्य पदार्थ ‘फ्रोजन चिकेन विंग्स’ मा कोरोना देखिएको सेनजेनका अधिकारीहरुले पुष्टि गरेका हुन्। फ्रोजन चिकेन विंग्समा कोरोना देखिएसँगै सेनजेनमा फ्रोजन चिकेन विंग्स खरिद नगर्न निर्देशन दिइएको छ। यसअघि बुधबार मात्र इक्वेडरबाट ल्याइएको फ्रोजन स्रिम्प ‘झिंगेमाछा’ मा कोरोना देखिएको समेत चीनले जनाएको थियो ।
ब्राजिल हाल कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो स्थानमा छ। त्यहाँ ३१ लाख ७० हजारमा कोरोना संक्रमण पुष्टि हुँदा १ लाखको ज्यान गएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।