सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

दुखद् खबर: कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा

दुखद् खबर: कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 8.2K
    SHARES

  • दुखद् खबर: कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा

    भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोमामा पुगेका छन्। कोरोना भाइरसको संक्रमण भएका पूर्व राष्ट्रपति मुखर्जी उपचराका क्रममा नै कोमामा पुगेको अस्पतालले जनाएको छ ।

    हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत सेनाको रिसर्च एन्ड रिफरल (आरएन्डआर) अस्पतालले उनी कोमामा पुगेको जानकारी दिएको उल्लेख गरेको छ । उनलाई सोमबार नयाँ दिल्लीस्थित आरएन्डआर अस्पतालमा भर्ना गरिएको थियो ।

    मुखर्जीको अवस्थामा उल्लेख्य सुधार नआएपनि उनी अहिले स्थिर रुपमा भेन्टिलेटरकै सहयोगमा रहेको जनाइएको छ । उपचराका क्रममा समस्या देखिएपछि उनको उनको दिमागको अपरेशन समेत गरिएको थियो ।

    केही मानिसहरुले मुखर्जीको निधन भएको अफवाह फैलाएका छन् । उनका छोरा अभिजित मुखर्जीले ट्वीट गर्दै भनेका छन्, 'प्रतिष्ठित पत्रकारहरूले नै सामाजिक सञ्जालमा अनुमानका भरमा र फेक न्युज फैलिनुले प्रष्ट पार्छ कि भारतमा मिडिया फेक न्युजको फ्याक्ट्री बनेको छ,।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २९ २०७७०२:५६:१२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend