दोलखा– दलितमाथी कुटपिट गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने भन्दै नेपाली काङ्ग्रेसका युवा नेता कुन्दन काफ्ले जिल्ला प्रशासन कार्यालय दोलखा पुगेका छ्न।
दलितको कुटपिटको घटनालाई प्रशासनमा निवेदन दिदा पनि खासै चासो नदिएपछी पीडित दलितहरुलाइ नै लिएर काफ्ले प्रशासन कार्यालय पुगेका हुन।
काफ्लेले प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा पौडेललाई भेटेर तामाकोशी गाउँपालिका ५ शहरेका वडा अध्यक्षको निर्देशनमा दलितहरुलाइ कुटपिट भएको घटनालाइ तत्काल छानबिन गरि कारबाही गर्न माग गरेका छन।
आफैंलाइ निर्वाचित गराउने दलित स्थानीयमाथी हातपात गर्नु दुःखदायी भएको भन्दै काफ्लेले सो घटनालाई गम्भीर रुपमा लिन समेत प्रजिअ पौडेललाइ आग्रह गरेका छन।
प्रजिअ भेटेसँगै जिल्ला प्रहरी कार्यालय दोलखा पुगेका काफ्लेले कार्यालय प्रमुख भिडियो कन्फ्रेन्स गएकाले प्रहरी निरीक्षक रेशम बोहोरालाइ भेटेर दलितमाथी हातपात गर्नेलाई तत्काल पक्राउ गरि कारबाही गर्न समेत माग गरेका छन।
गत चैत २६ गतेसोहि वडाका वडा अध्यक्ष राजकुमार रोक्काको निर्देशनमा ४–५ जनाको समूह बाट स्थानीय दलितहरु आफ्नै गाँउमा कुटिएका थिए।
दलित महिलालाई अपशब्द बोल्दै माधक पदार्थ सेवन गरेर आएको टोलीको कुटपिट बाट ४ जना घाइते भएका थिए।
सो घटना भएको भोलि पल्ट चैत २७ गते नै स्थानियहरुले घटनामा सम्लग्नहरुलाई कारबाहिका लागि प्रशासन कार्यालयमा निबेदन समेत दिएका थिए। लक डाउनका कारण देखाउदै प्रशासनले अहिले सम्म कुनै कारबाही अगाडी बढाएको छैन।
वडा अध्यक्ष रोक्का लगायतको टोलीले यसअघि पनि सार्वसानिक स्थलमा पटक पटक दलितमाथि दुर्ववहार गर्दै आएका थिए ।
रोक्का विरुद्ध यसअघि पनि स्थानिय प्रशासनमा दलित समुदायले उजुरी गरेका थिए । वडाध्यक्ष सधै गाँजा, रक्सी सेवन गरि हिड्ने गरेको स्थानीयको भनाइ छ । घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।