काठमाडौं– नेपाली कांग्रेसले धनुषाका नेता एवं जनकपुरका समाजसेवी ७३ वर्षीय कृष्ण गिरीको निधन प्रति दुःख व्यक्त गरेको छ। गिरीको मंगलबार राति काठमाडौंको मेडिसिटी अपस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
गिरी जनकपुर नगरपालिकाका पूर्व मेयर समेत हुन्। उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
‘उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उहाँको आत्माको चिर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनहरुमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।